वास्तविकमा यो दृश्य पत्रकार देउजाको वास्तविक जीवनको नभई उनले अभिनय गरेको पछिल्लो गीतको भिडियोको हो । जसमा उनले पत्निलाई समेत भिडियोमा देखाएका छन् । चर्चित सञ्चारकर्मी सन्तोष देउजा र उहाकी श्रीमती अनुष्का देउजाको अभिनयको अभिनय रहेको गीत ‘अलमल माया’ को भिडियो सार्वजनिक भएको छ ।
गीतमा शब्द देउजाको नै रहेको छ भने प्रदीप त्रिपाठीले संगीत दिएका हुन्। पछिल्लो समयकी व्यस्त र चर्चित गायिका शान्तिश्री परियार र कृष्ण केसीले गीतमा स्वर दिएका छन् । भिडियोमा श्रीमान र श्रीमतीबिचको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गरिएको छ ।
विवाह जस्तो जिन्दगीको महत्वपुर्ण पाटोलाई खेँलाचीको रुपमा लिने प्रवृतिमाथि भिडियोले प्रहार गरेको छ । सम्बन्धमा आउने ससाना असमझदारीहरुले जिन्दगीमा ठूलो प्रभाव पार्न सक्ने भन्दै समाजलाई सचेत बनाउने र एकअर्काप्रतिको बिश्वास बढाउने अभिप्रायले भिडियो बजारमा ल्याएको गीतका लेखक तथा कलाकार देउजाले बताए ।
गीतको भिडियोलाई सन्तोष देउजाले नै निर्देशन गरेका छन् । भिडियोलाई विष्णु परियारले छायाकंनले छायांकन तथा सम्पादन गरेका हुन् ।गीतको भिडियोलाई चितवनको नारायणी किनार, बटुली पोखरी र सन्तोष देउजाको घरमा नै छायांकन गरिएको हो। ‘द डिभाईन म्युजिक’ नामक च्यानलमार्फत सोमवार सार्वजनिक भएको गीतको भिडियोमा छोटो समयमै दर्शकहरुले सकारात्मक प्रतिक्रिया पनि दिइरहेका छन् ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |