काठमाण्डौ, १० माघ । म;रेको मान्छेलाई बचाउँछौ,मरेको मान्छेलाई जिउँदो पार्ने औषधि बनाएका छौं,भन्दै यी युवा मिडियामा हेर्नुहोस पुरा भिडियो सहित ।
अहिले सामाजिक संजालमा यी युवा भाईरल भएका छन्, यी युवा भन्छन हामीले हामीले मरेको मान्छेलाई जिउँदो बनाउने औषधि बनाएका छौं, हामीले त्यो औषधि जनावरमा प्रयोग गरि सकेका छौं, आब केहि समयमा हामि सबैको बिज्ञहरुको अगाडी हामि मान्छेहरुमा परिक्ष ण गर्नेछौं । बाँकी आउनुहोस भिडियोमा हेरौं ।
अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ। फेसबुक, टिकटक, युट्युवमा भाइरल भिडियोमा एक व्यक्ति आफू मरेको मान्छे ब्यूँताउन शव खोज्दै हिँडेको दाबी गर्छन्। वीर अस्पताल अगाडि बसेर आफूलाई मणिरत्न सापकोटा बताउने युवकले केही युट्युव च्यानललाई दिएको अन्तरवार्ताले अहिले चिकित्सा क्षेत्रलाई नै आश्चर्यमा पारेको छ।
नले आफूले चार वर्ष लगाएर यो अनुसन्धान गरेर केमिकल पत्ता लगाएको समेत दाबी गरेका छन्। मरेको मानिसलाई जिवित गराउने इन्जेक्सन बनाएको बताउने सापकोटाले आफूले चार वर्ष लगाएर यसको अनुसन्धान गरेको बताएका छन् । नेपालमा चिकित्सा क्षेत्रमा अनुसन्धान गर्ने र गर्नका लागि अनुमति दिने निकाय पनि यस विषयमा बेखबर पाइयो।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट कुनै पनि अध्ययन अनुसन्धानका लागि अनुमति लिनुपर्छ। तर परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवाली आफूहरुसँग यस्तो विषय अनुसन्धानका लागि कसैले पनि अनुमति नलिएकाले हल्लाको पछि नलाग्न आग्रह गर्छन्।‘अहिले जुन विषय बाहिर आएको छ यसबारे अनुसन्धान गर्न हामीसँग यो चार वर्षको बीचमा ।
कसैले पनि अनुमति लिएका छैनन्’ डा ज्ञवालीले भने। भाइरल भिडियोमा सापकोटाले परीक्षणका लागि शव भेटिए खबर गर्न पटक पटक आग्रह गरेका छन्। भिडियोमा तीन वटा नम्बरहरु पनि उपलब्ध गराइएको छ। भिडियो तल राखिएको छ हेर्नुहोला ।
यो पनि पढ्नुहोला, अन्य समाचार- सपनामा मरेको मानिस देख्ने गर्नुहुन्छ ? कतै यस्तो त भएको छैन ? मृत्यु ठूलो सत्य हो । हरेक प्राणीले जन्मेपछि मर्नैपर्छ । मृत्युका कारण अनेक हुन सक्छन् तर मृत्यु निश्चित छ । मानिस मरिसकेपछि के हुन्छ ? कसैलाई पनि थाहा छैन । तर विभिन्न धर्म ग्रन्थ र वैज्ञानिक अनुसन्धानको अनुसार मानिस ।
मरिसकेपछि पनि उसको आत्मा जिउँदो रहने विश्वास गरिएको छ । जीवनमा कहिले काहिँ यस्तो पनि हुन्छ कि आफ्नो नजिकको मानिसको मृत्युपछि पनि उसलाई सपनामा देखिरहने, सम्झनामा आइरहने हुनसक्छ । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् ।
सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन् । पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन् । सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ । सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको छु भन्ने ठान्छ । कहिलेकाहीँ त निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कँदैन ।
यस्ता सपनाको प्रभाव केही क्षणदेखि धेरै वर्षसम्म रहन सक्छ । यस्ता सपनामा देखिने परिचित व्यक्ति जीवनमा बिरामी थिए वा बिरामीकै कारण मरेका हुन् भने पनि स्वस्थ देखिन्छन् । सपनामा देखिने उनीहरूको अनुहार तेजिलो देखिन्छ । मृत परिचितले सपना देख्ने मान्छेलाई आफू जहाँ भएपनि खुशी भएको आश्वासन दिन्छन् ।
तिमी पनि खुशी भएर बस भनी उनीहरू बताउँछन् । सपनामा आउने मृत प्रियजनले जीवनमा आउने ठूलो समस्याका बारेमा सावधान गराउँछन् । जीवनका महत्वपूर्ण फैसलामा उनीहरू निर्देशन दिन पनि आउँछन् । सपनामा आउनेले कहिलेपनि आफ्नो कुरा शब्दमा व्यक्त गर्दैनन् । इशारा र हाउभाउबाट आफ्नो कुरा बताउँछन् ।
इशारालाई बुझ्न सपना देख्नेलाई गाह्रो हुँदैन । सपना यस्तो देख्ने व्यक्तिले आफूमा सकारात्मक ऊर्जा आएको महसूस गर्छ । दुःखबाट मुक्ति पाउन मद्दत गर्छ यस्तो सपनाले । जीवनमै परिवर्तन आउन सक्छ यस्तो सपना देखेपछि । भौतिक शरीर छोडेर जाने हाम्रा प्रियजन हाम्रो सपनामा झुल्किने भनी अध्यात्म र मनोविज्ञान दुवैमा उल्लेख गरिएको छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |