कसैलाई गाली गलौच र नराम्रो व्यवहार नगरीदिनुहोला भन्दै होलीमा पल शाहले लेखे मनछुने स्टाटस ( हेर्नुहोस पुरा )

काठमाण्डौ, २३ फागुन ।

नायक पल शाहले होलि मनाउदै होलीको अवसरमा उनले मनछुने स्टाटस लेख्दै एस्तो भनेका छन्, कसैलाई गाली गलौच र नराम्रो व्यवहार नगरीदिनुहोला मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ र गएको एक बर्षलाई मैले धेरै कुरा सिक्ने बर्षमा लिएको छु ।

उनले आफ्नो परिवारसँग होली मनाएका हुन् । होली मनाउदा उनी निकै खुशी देखिएका छन् । एक बर्ष जेल जिवन बिताएपछि अभिनेता शाह गएको फागुन १५ गते जेलबाट छुटेका थिए, । छुटेपछि परिवारसँग रमाइरहेका उननले रंग लगाएर होली मनाएका हुन् ।

आज होलीकै दिनमा उनले भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार भन्दै यस्तो स्टाटस लेखेका छन् । नमस्कार सबैजनालाई, सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो। बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना।

छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य। साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ। र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध,।

कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन।

बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु। रङ्गिन र सुखमय होस जीवन! होलीको शुभकामना सम्पुर्णमा । हेर्नुहोस उनले फेसबुकमा लेखेको स्टाटस ।

यो पनि पढ्नुहोला है हजुर ?? काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दा जितेकी छिन्। जिल्ला अदालतले छविको आधा सम्पत्ति शिल्पालाई दिनुपर्ने र छविलाई शिल्पासँग रहँदा लागेको ऋण आधा शिल्पाले व्यहोर्नुपर्ने फैसला गर्दै उनीहरुको डिभोर्स टुंग्याइदिएको छ।

निर्माता, निर्देशक तथा अभिनेत्री रेखा थापासँगको डिभोर्सपछि छविले चौथो श्रीमतीका रुपमा शिल्पासँग विवाह गरेका थिए। आपसी विवादका कारण उनीहरुको वैवाहिक जीवन लामो समय टिक्न सकेको थिएन। अन्ततः सम्बन्धविच्छेदका लागि उनीहरु अदालत पुगेका थिए।

यसै गरी छविको दोस्रो श्रीमती स्व। गिताञ्जली सुनुवारको तर्फबाट एक छोरा रहेका छन्। स्व। सुनुवारको मृत्यु पश्चात छविले उनको छोरा आफ्नी जेठीसासुको जिम्मा लगाउँदै आफ्नो छोरालाई धर्मपुत्रका रुपमा पाल्न लिखित सम्झौता गरेका थिए। शिल्पाले सम्पत्तिको मुद्दा हालेपछि छविकी जेठी सासुले ।

धर्मपुत्र फिर्ता गर्नका लागि अदालतका मुद्दा हालेकी थिइन्। छविकै आग्रहमा उनले सो मुद्दा हालेकी हुन्, ताकि आफ्नो छोराका नाममा पनि एक तिहाइ सम्पत्ति उनले राख्न सकुन्। तर खदालतले धर्मपुत्रलाई अंश छुट्याउन नमिल्ने फैसाला गरेको छ। यसै गरी छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि अदालतले खारेज गरिदिएको छ।

छविकै उक्साहटमा जेठी श्रीमतीले बहुविवाहको मुद्दा हाल्न लगाएको शिल्पाको आरोप छ। तर, जेठी श्रीमतीसँग पहिल्यै सम्बन्धविच्छेद भएको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन। शिल्पाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अदालतको फैसलाप्रति खुशी व्यक्त गरेकी छन्।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |