काठमाडौं, ३० फागुन । चर्चित भारतीय गायक हनी सिंह काठमाडौं आउने भएका छन् । उनी चैत २५ गते काठमाडौं आउन लागेका हुन् । हनी सिंह बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका हुन् ।
गायक सिंहका ‘ब्लु आइज, धिरे धिरे र चार बोतल भोडका’ लगायतका गीतहरू चर्चित छन्। यो पनि पढ्नुहोस…. काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा मेगास्टारका रुपमा समेत चिनिएका राजेशपालय राईले बिबाह गरेको खबर केही महिनाअघि मात्र सार्वजनिक भएको थियो ।
एक सार्वजनिक कार्यक्रममा आफू अविवाहित भनेको २४ घण्टा नवित्दै राजेश बिबाहित हुन् भनेर प्रेमिका साङबुङ राई मार्फत खबर बाहिरिएको थियो । उनले राजेश आफ्नो श्रीमान र एक छोराको पिता समेत हु्न् भन्ने आशयको पोष्ट गरेकी थिइन् ।
यतिबेला उनै गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका छन् । गत मंसिर २६ गते काठमाडौं महानगरपालिका९३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेका हुन् । उनीहरुले सामाजिक परम्परा अनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ ।
यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो । यी दुईजनाबाट एक सन्तानको पनि जन्म भएको छ । विवाहलाई मिडिया खुलासा गरेपनि राजेशपायलले अहिलेसम्म औपचारिक रुपमा केही खुलाएका थिएनन् । विवाह दर्ताअनुसार राजेशपायलको उमेर ४७ वर्ष र प्रेमिका सङबुङको उमेर राजेशपायलभन्दा आधाले कम छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा भएको विवाह दर्तामा राजेशपायल राई र साङबुङबीच उमेर अन्तर झण्डै २६ वर्ष देखिन्छ । सार्वजनकि भएको विवाह दर्तामा राजेशपायलको जन्ममिति २०३२ असोज १४ गते रहेको छ भने उनकी पत्नी साङबुङको जन्ममिति २०५८ साउन १४ गते उल्लेख छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकालले राजेशपायल राईले विवाह दर्ता गरेको पुष्टि गरे । विवाहअघि उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए । गत दशैंको महाष्टमीको बेला यी दुईले सन्तानलाई जन्म दिएको खुलासा भएको थियो । सङबुङले बच्चा जन्माएको जानकारी त्यतिबेला टिकटकबाट दिएकी थिइन् ।
यो पनि पढ्नुहोला है हजुर ?? काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दा जितेकी छिन्। जिल्ला अदालतले छविको आधा सम्पत्ति शिल्पालाई दिनुपर्ने र छविलाई शिल्पासँग रहँदा लागेको ऋण आधा शिल्पाले व्यहोर्नुपर्ने फैसला गर्दै उनीहरुको डिभोर्स टुंग्याइदिएको छ।
निर्माता, निर्देशक तथा अभिनेत्री रेखा थापासँगको डिभोर्सपछि छविले चौथो श्रीमतीका रुपमा शिल्पासँग विवाह गरेका थिए। आपसी विवादका कारण उनीहरुको वैवाहिक जीवन लामो समय टिक्न सकेको थिएन। अन्ततः सम्बन्धविच्छेदका लागि उनीहरु अदालत पुगेका थिए।
यसै गरी छविको दोस्रो श्रीमती स्व। गिताञ्जली सुनुवारको तर्फबाट एक छोरा रहेका छन्। स्व। सुनुवारको मृत्यु पश्चात छविले उनको छोरा आफ्नी जेठीसासुको जिम्मा लगाउँदै आफ्नो छोरालाई धर्मपुत्रका रुपमा पाल्न लिखित सम्झौता गरेका थिए। शिल्पाले सम्पत्तिको मुद्दा हालेपछि छविकी जेठी सासुले ।
धर्मपुत्र फिर्ता गर्नका लागि अदालतका मुद्दा हालेकी थिइन्। छविकै आग्रहमा उनले सो मुद्दा हालेकी हुन्, ताकि आफ्नो छोराका नाममा पनि एक तिहाइ सम्पत्ति उनले राख्न सकुन्। तर खदालतले धर्मपुत्रलाई अंश छुट्याउन नमिल्ने फैसाला गरेको छ। यसै गरी छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि अदालतले खारेज गरिदिएको छ।
छविकै उक्साहटमा जेठी श्रीमतीले बहुविवाहको मुद्दा हाल्न लगाएको शिल्पाको आरोप छ। तर, जेठी श्रीमतीसँग पहिल्यै सम्बन्धविच्छेद भएको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन। शिल्पाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अदालतको फैसलाप्रति खुशी व्यक्त गरेकी छन्।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |