के प्रेमी को प्रेममा चुर्लुम्म डुबेकी हुन् त गायिका एलिना ? मस्ति गर्दै गायीका एलिना चौहान : हेर्नुहोस पुरा भिडियो

काठमाण्डौ, २ चैत्र । अस्ट्रेलियामा एलिना एस्तो अवस्थामा, के अस्ट्रेलिया बस्ने युवाको प्रेममा छिन त एलिना ? बास्तबिकता एस्तो हेर्नुहोस भिडियो ।

चर्चित गायिका एलिना चौहान केही दिनदेखि अष्ट्रेलियामा छिन् । सांगीतिक कार्यक्रमका लागि गएकी उनी एक युवकसँगको टिकटकका कारण चर्चामा छिन्, उनी अष्ट्रेलियामा बसोबास गर्दै आएका विष्णु सापकोटासँग टिकटकमा देखिएकी छिन्। लोकदोहोरी प्रतिष्ठानको अष्ट्रेलिया शाखाका अध्यक्षसमेत रहेका विष्णु ।

एलिना करिब ६ महिनादेखि अफेयरमा रहेको निकट स्रोतले जनाएको छ। एलिना गत भदौमा तिजको कार्यक्रमका लागि अष्ट्रेलिया गएका वेला उनीहरुको भेट भएको र प्रेममा परेको स्रोतको दाबी छ । एलिना अष्ट्रेलियाबाट फर्किँदा विष्णु पनि उनीसँगै आएका थिए । उनीहरुले नेपालमा ‘बाजा तालमा’ बोलको गीत गाएका थिए।

एलिना चौहान अहिलेको भाइरल गीत ‘धोकेबाज हौ तिमी’ की गायिका हुन। करिब दुई वर्षअघि गाएको यो गीत अहिले एकाएक भाइरल भएको हो। अहिले पनि उनी अस्ट्रेलियामा आयोजना हुने कार्यक्रममा सहभागि हुन गएकी हुन। कार्यक्रमको ब्यवस्थापन विष्णुले नै गरेको बुझिएको छ । विमानस्थलमा एलिनालाई स्वागत गर्न पनि उनी आफैं पुगेका थिए ।

यता विष्णुको टिकटक अकाउन्टमा पनि एलिनासँगका टिकटक भिडियो धेरै छन्। पुस ३० मा एलिनाको एउटा गीतमा डुयट भिडियो बनाएर हालेका थिए, जसको बोल छ– चाहे चलोस् आँधीबेरी, चाहे चलोस् हुरी, कहिले तिमी मेरो साथ नछाड्नु है लुरी’ भन्दै हालेको भीडिओमा एलिनाले ।

‘ल ल छाड्दिनँ’ भनेर कमेन्ट गरेकी छन् । झापा घर भएकी एलिना अहिले पुरानो बानेश्वरमा फ्ल्याट लिएर बसिरहेकी छन् । विष्णुको घर चाहिं बाग्लुङ हो । उनी गीत गाउनुका साथै लेख्ने पनि गर्छन् । विष्णुको लिरिक्समा केही गीत एलिनाले गाएकी छन् ।

यो पनि पढ्नुहोला है हजुर ?? काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दा जितेकी छिन्। जिल्ला अदालतले छविको आधा सम्पत्ति शिल्पालाई दिनुपर्ने र छविलाई शिल्पासँग रहँदा लागेको ऋण आधा शिल्पाले व्यहोर्नुपर्ने फैसला गर्दै उनीहरुको डिभोर्स टुंग्याइदिएको छ।

निर्माता, निर्देशक तथा अभिनेत्री रेखा थापासँगको डिभोर्सपछि छविले चौथो श्रीमतीका रुपमा शिल्पासँग विवाह गरेका थिए। आपसी विवादका कारण उनीहरुको वैवाहिक जीवन लामो समय टिक्न सकेको थिएन। अन्ततः सम्बन्धविच्छेदका लागि उनीहरु अदालत पुगेका थिए।

यसै गरी छविको दोस्रो श्रीमती स्व। गिताञ्जली सुनुवारको तर्फबाट एक छोरा रहेका छन्। स्व। सुनुवारको मृत्यु पश्चात छविले उनको छोरा आफ्नी जेठीसासुको जिम्मा लगाउँदै आफ्नो छोरालाई धर्मपुत्रका रुपमा पाल्न लिखित सम्झौता गरेका थिए। शिल्पाले सम्पत्तिको मुद्दा हालेपछि छविकी जेठी सासुले ।

धर्मपुत्र फिर्ता गर्नका लागि अदालतका मुद्दा हालेकी थिइन्। छविकै आग्रहमा उनले सो मुद्दा हालेकी हुन्, ताकि आफ्नो छोराका नाममा पनि एक तिहाइ सम्पत्ति उनले राख्न सकुन्। तर खदालतले धर्मपुत्रलाई अंश छुट्याउन नमिल्ने फैसाला गरेको छ। यसै गरी छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि अदालतले खारेज गरिदिएको छ।

छविकै उक्साहटमा जेठी श्रीमतीले बहुविवाहको मुद्दा हाल्न लगाएको शिल्पाको आरोप छ। तर, जेठी श्रीमतीसँग पहिल्यै सम्बन्धविच्छेद भएको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन। शिल्पाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अदालतको फैसलाप्रति खुशी व्यक्त गरेकी छन्।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |