जय श्रीशनिदेव भगवान, शनिदेवले सबैको कल्याण गरुँन,आज यस्तो छ तपाईको राशिफल : भिडियो सहित

काठमाण्डौ, ४ चैत्र । आजको राशिफल: जय श्रीशनिदेव भगवान, शनिदेवले सबैको कल्याण गरुँन,आज यस्तो छ तपाईको राशिफल ।

अकालमृ;त्यु निवारण गर्ने,दु;ख द;रिद्र हर्ने,दयाकखानी,महाँकालशनिदेवको दर्शन गरि राशिफल हेरौं ओम लेखौं भिडियो सहित । सर्वदु;खहरेदेव: शनिदेव नमोस्तुते,जयजय करुणादेव, शनिदेवनमोस्तुते:आज यी राशिहरुलाई शनिदेवको आशिर्बाद ।

समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने,भक्तको मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, रोग दोष,ग्रह दो,ष,सबै शान्त गर्ने गर्ने,हरेक कार्य सिद्ध गर्ने,सच्चा भक्तलाई एकदम मायाँ गर्ने,धन सम्पत्ति दिने,शक्तीप्रदान गर्ने,बिजयी प्रदान गर्ने ।

यस्ता भगवान शनिदेवलाई सच्चा मनले पुष्प,शुद्धजल,शुद्ध अर्घ्य,जल,ध्वजा,दधि,घृत,मह,चन्दन,अक्षत,पुष्प,शुद्ध जल, शुद्ध तेल,सहित पुजा आराधना दर्शनगरि,दिनको सुरुवात गरौँ,परिवारमा शनिदेवको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ,।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ ।सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तजनबाट टाढिनुपर्नेछ । माता पिताका बारेमा चिन्ता बढ्नेछ । विश्वासपात्रले धोका दिनेछन् । वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
एक्लोपनाको अनुभूति हुनेछ । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउनेछ । काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । मानहानि वा अपजशको समेत सम्भावना छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । साझेदारीमा विवाद र पति पत्नीमा असमझदारी बढ्नेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । मान सम्मान पाइनेछ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
पेट र छाती सम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । धेरै रोकिएका काम बन्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्नेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । अनुकूल स्थानान्तरणको पनि योग छ । आफन्तजनसँग मनमुटाव बढ्न सक्छ । नशा वा जोर्नी सम्बन्धी समस्याले पनि सताउन सक्छ । समय प्रतिकूल रहनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइलाग्नेछन् । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ । नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । जीवन साथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ । घर जग्गा जोड्ने मौका छ । विशेष अध्ययनका लागि विदेश यात्रा सम्मको योग छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । व्यापार व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन् । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । अन्न तथा धनको पनि वृद्धि हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मान सम्मान पाइनेछ । जीवन साथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धि विवेकको उपयोग गर्न नसकिएला ।बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । शक्तिमा अंकुश लाग्नेछ । सन्तानबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । पक्ष सबल बन्नुका साथै मान सम्मान पनि पाइनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन् । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) स्थापित व्यवसाय, कृषि कर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । बिना कारण अनेक चुनौतीको सामना गर्नुपर्ला । आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । पढाइ लेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् ।

iframe width=”720″ height=”500″ src=”https://www.youtube.com/embed/eF-Qk8IL9Ew” title=”Rashifal 2023 Nepali | राशिफल सन २०२३ | यो वर्ष कुन राशी को भाग्य कस्तो ? | Nepali Jyotish #rashi” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen>

यो पनि पढ्नुहोला है हजुर ?? काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दा जितेकी छिन्। जिल्ला अदालतले छविको आधा सम्पत्ति शिल्पालाई दिनुपर्ने र छविलाई शिल्पासँग रहँदा लागेको ऋण आधा शिल्पाले व्यहोर्नुपर्ने फैसला गर्दै उनीहरुको डिभोर्स टुंग्याइदिएको छ।

निर्माता, निर्देशक तथा अभिनेत्री रेखा थापासँगको डिभोर्सपछि छविले चौथो श्रीमतीका रुपमा शिल्पासँग विवाह गरेका थिए। आपसी विवादका कारण उनीहरुको वैवाहिक जीवन लामो समय टिक्न सकेको थिएन। अन्ततः सम्बन्धविच्छेदका लागि उनीहरु अदालत पुगेका थिए।

यसै गरी छविको दोस्रो श्रीमती स्व। गिताञ्जली सुनुवारको तर्फबाट एक छोरा रहेका छन्। स्व। सुनुवारको मृत्यु पश्चात छविले उनको छोरा आफ्नी जेठीसासुको जिम्मा लगाउँदै आफ्नो छोरालाई धर्मपुत्रका रुपमा पाल्न लिखित सम्झौता गरेका थिए। शिल्पाले सम्पत्तिको मुद्दा हालेपछि छविकी जेठी सासुले ।

धर्मपुत्र फिर्ता गर्नका लागि अदालतका मुद्दा हालेकी थिइन्। छविकै आग्रहमा उनले सो मुद्दा हालेकी हुन्, ताकि आफ्नो छोराका नाममा पनि एक तिहाइ सम्पत्ति उनले राख्न सकुन्। तर खदालतले धर्मपुत्रलाई अंश छुट्याउन नमिल्ने फैसाला गरेको छ। यसै गरी छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि अदालतले खारेज गरिदिएको छ।

छविकै उक्साहटमा जेठी श्रीमतीले बहुविवाहको मुद्दा हाल्न लगाएको शिल्पाको आरोप छ। तर, जेठी श्रीमतीसँग पहिल्यै सम्बन्धविच्छेद भएको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन। शिल्पाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अदालतको फैसलाप्रति खुशी व्यक्त गरेकी छन्।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |